20th September | 2019 | Friday | 8:50:16 AM

लगातारको हारसँगै नेपाल बाहिरियो

हिमालय टाइम्स   POSTED ON : जेठ ३, २०७६ (११:०५ AM)

लगातारको हारसँगै नेपाल बाहिरियो

काठमाडौं । लगातारको हारसँगै घरेलु टोली नेपाल एक खेल अगावै एसिया कप हिृवल चियर टी–ट्वान्टी क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । बिहीबार भएको खेलमा भारतले पाकिस्तानलाई १७ रनले पराजित गरेपछि नेपाल बाहिरिएको हो ।

भारत भने लगातार दुई जित निकाल्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपाल बिहिबारै भएको खेलमा बंगलादेशसँग ८ विकेटले पराजित भएको थियो । जुन नेपालको लगातार दोस्रो हार हो । कीर्तिपुरस्थित टियु मैदानमा भारतले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदा मात्र १ सय ७६ रन जोड्न सफल रहयो ।

उसका लागि सजिद अलि अब्बासीले अविजित ८८ रन जोडे । यसतै महमद फियाजले ४७ तथा महमद लतिफले १३ रन बनाए । भारतका सौरभ मलिकले २ तथा परशुराम डिसेल र विश्वनाथ गौरभले समान १ र १ विकेट हात पारे । यसअघि ब्याटिङ गरेको भारतले पूरा २० ओभरमा १ सय ९३ रन बनाएको थियो । परशुराम डिसेलले २० चौकाको मद्दतले १ सय ९ रनको शतकीय इनिङ्स खेलेका थिए । यस्तै सौरभ मलिकले १० चौका र १ छ्क्काको मद्दतमा ६१ रनको अर्धशतकीय इनिङ्स खेले । भारतले २ खेलमा २ जित हात पार्दै ४ अंकसहित एक खेल अगावै फाइनलमा स्थान बनाएको हो । लिग चारणको अन्तिम दिन शुक्रबार नेपाल र पाकिस्तान तथा भारत र बंगलादेशबीच खेल हुनेछ । 

त्यसअघि बिहान भएको खेलमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय४८ रन बनाएको थियो । नेपालका लागि होमनाथ राईले ३६ रन बनाएका थिए । यस्तै कप्तान दिगम सिंह चेम्जोङले ३५ रन, डम्बर मगरले १९ र विष्णु पुकार श्रेष्ठले १६ रन जोडेका थिए । 

नेपालले दिएको १ सय ४९ रनको लक्ष्य बंगलादेशले १८ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । बंगलादेशको जितमा मोहमद रिपोन उडिनले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, जाबेद अहमेदले ३८ रन जोड्दा साजिद हुसेनले ३१ तथा मोहमद असिप हुसेनले अविजित १३ रन बनाए । नेपालका कप्तान दिगम सिंह चेम्जोङ र सुपर राईले १–१ विकेट लिए ।


Views: 174

सम्बन्धित सामग्री:

फिफा वरियतामा नेपालको सुधार

: आश्विन २, २०७६ (४:३५ PM)

लिभलरपुलको खराब सुरुवात

एजेन्सी : आश्विन २, २०७६ (१०:०८ AM)