19th September | 2019 | Thursday | 8:43:57 PM

झापा कबड्डी च्याम्पियन

  POSTED ON : जेठ २४, २०७६ (६:४० PM)

झापा कबड्डी च्याम्पियन

झापा । प्रदेश नं १ स्तरीय पुरुष कबड्डी प्रतियोगितामा झापा च्याम्पियन बनेको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयद्वारा मेचीनगर–६ काँकरभिट्टामा सम्पन्न उक्त प्रतियोगितामा १३ जिल्लालाई उछिन्दै झापाले उपाधि जितेको हो । उपाधिसँगै झापाले रु एक लाख पुरस्कार प्राप्त गरेको छ । 

काँकरभिट्टा माविको खेल मैदानमा आज सम्पन्न प्रतियोगितामा मोरङ दोस्रो भएको छ । मोरङले रु ५० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । प्रतियोगितामा ताप्लेजुङ र सोलुखम्बु तेस्रो भए । मङ्गलबारदेखि शुरु भएको प्रतियोगितामा प्रदेशका एक सय २६ खेलाडी सहभागी भएको प्रतियोगिताका निर्णायक संयोजक रतिया राजवंशीले जानकारी दिए । 

प्रतियोगितामा उत्कृष्ट रेडर झापाका धिरज चौधरी, उत्कृष्ट डिफेन्डर झापाकै अमृत मेचे, उत्कृष्ट क्याचर सोलुखुम्बुका वीर बस्नेत, उत्कृष्ट बोनस मोरङका बविस थापा मगर तथा उत्कृष्ट खेलाडी मोरङका निकेश राजवंशी घोषित भए । उनीहरुलाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरियो । 

रासस


Views: 155

सम्बन्धित सामग्री:

फिफा वरियतामा नेपालको सुधार

: आश्विन २, २०७६ (४:३५ PM)

लिभलरपुलको खराब सुरुवात

एजेन्सी : आश्विन २, २०७६ (१०:०८ AM)