25th August | 2019 | Sunday | 6:22:07 PM

अन्ततः सन्दीप लामिछानेले पाए भिसा

  POSTED ON : श्रावण २८, २०७६ (३:४७ PM)

 अन्ततः सन्दीप लामिछानेले पाए भिसा

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा दिएको छ ।

यसअघि सन्दीपले क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०१९ खेल्न अमेरिका हुँदै जानका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए । आज विहान उनको दूतावासमा भिसाका लागि अन्तर्वार्ता थियो । तर, दूतावासले उनलाई भिसा दिएको थिएन ।

भिसा नदिएपछि सन्दीपले यसले आफू आश्चर्यमा परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरेका थिए । त्यसको केहि समय पछि पुनः सन्दीपलाई भिसाका विषयमा रिभ्यू गर्न दूतावास बोलाइएको थियो ।


Views: 111