15th September | 2019 | Sunday | 7:55:15 PM

नेपाल फेरि उपविजेतामा सीमित

  POSTED ON : भदौ २६, २०७६ (६:२९ PM)

नेपाल फेरि उपविजेतामा सीमित

काठमाडौं । किर्गीस्तानले आयोजना गरेको नादेझ्दा कप फुटबलमा नेपाल उपविजेता बनेको छ ।

बिहिबार भएको फाइनलमा बलियो टिम उज्वेकिस्तानसँग ३–२ गोल अन्तरले पराजित हुँदै नेपाल उपविजेता बनेको हो । 

 काराकोलस्थित सेन्ट्रल स्टेडियममा सावित्रा भण्डारीले २ गोल फर्काए पनि नेपाल उपविजेतामा सिमित भएको हो । 

 बलियो टिम उज्वेकिस्तानले खेलको ३९ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता बनाएको थियो । नेपाली डिफेन्डर र गोलरक्षकको कमजोरीको फाइदा उठाउदैं उज्वेकिस्तानले गोल गरेको थियो ।

 खेलको दोस्रो हाफमा नेपालले लगातार दुई गोल खाएको थियो । खेलको ५५ औं मिनेटमा उज्वेकिस्तानले दोस्रो गोल गर्यो । उज्वेकिस्तानको खेलाडीले ५ नेपाली डिफेन्डरसहित गोलरक्षकलाई बिट गर्दै गोल गर्न सफल भएकी थिईन् ।

 खेलको ६४ औं मिनेटमा उज्वेकिस्तानले ३/० को अग्रता बनाएको थियो ।

तर, खेलको ६७ मिनेटमा सावित्राले गोल गर्दै खेल ३/१ को स्थितिमा ल्याउदै नेपाललाई खेलमा फर्काउने कोशिश गरिन् । त्यसपछि नेपालले खेलको इन्जुरी समयमा सावित्राले पेनाल्टीमा एक गोल गरेपनि नेपाल ३/२ ले पराजित हुन पुग्यो ।  सरु लिम्बुको बल उज्वेकिस्तानका खेलाडीले ह्याण्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । 

यो हारसँगै नेपाल पुनः इतिहास रच्ने अवसरबाट चुकेको छ । पटक पटक फाइनल पुग्दै आएको नेपाली महिला टिम नादेझ्दा कपको फाइनलमा समेत चुकेको छ । 

 यस अघि नेपालले साफ च्याम्पियनसिप ४ पटक, साग २ पटक  र हिरो महिला गोल्डकपमा एक पटक फाइनल पुगेर पनि उपाधि जित्नबाट बञ्चित भएका थिए ।


Views: 57

सम्बन्धित सामग्री:

एनओसीकोे निर्वाचन शनिबार

: भदौ २६, २०७६ (१:४१ PM)