19th October | 2019 | Saturday | 8:11:07 PM

चोखालको सम्झनामा स्मृति कम

भिम चौधरी   POSTED ON : आश्विन ६, २०७६ (४:३९ PM)

चोखालको सम्झनामा स्मृति कम

कैलाली । पूर्वमन्त्री स्वर्गीय टेकबहादुर चोखालको सम्झनामा स्मृति कप फुटसल प्रतियोगिता हुने भएको छ । निसर्ग हस्पिटल टेकबहादुर चोखाल स्मृति कप असोज ८ गतेदेखि ११ गतेसम्म हुने भएको हो ।

निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढीले मुख्य प्रायोजन गरेको स्मृति कप पब्लिक मिडिया नेपालको आयोजना तथा टेकबहादुर चोखाल फाउण्डेसनको सहकार्यमा हुन लागेको हो । प्रतियोगितामा धनगढी उप–महानगरपालिका भित्रका वडाबाट आउने टिमको सहभागिता हुने आयोजकले जनाएको छ । युवाहरुलाई फुटसल तर्फ आकर्षण बनाउँन प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । 

स्मृति कपको विजेताले नगद ३० हजार सहित ट्रफी मेडल तथा उप–विजेताले १५ हजार नगद सहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता धनगढी उपमहानगरपालिका–१, स्थित फ्ल्याटल्याण्ड फुटसलमा आयोजना जनाईएको छ । 

नेपाली काँग्रेसबाट २०५६ सालमा साविक कैलालीको क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनभएका स्वर्गीय चोखाल त्यसको तीन बर्षपछि शेरवहादुर देउवा प्रधानमन्त्री रहेको समयमा कानुन मन्त्री बनेका थिए । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा साविकको कैलाली निर्वाचन क्षेत्र नम्बर ६ बाट नेपाली काँग्रेसको तर्फबाट संविधान सभा सदस्यको उम्मेदवार बनेका चोखालको बि.स. २०६६ साल कार्तिक २७ गते काठमाण्डौमा निधन भएको थियो । 


Views: 168