19th October | 2019 | Saturday | 9:04:39 PM

क्यानमा नयाँ नेतृत्वका लागि आज निर्वाचन

हिमालय टाइम्स   POSTED ON : आश्विन ११, २०७६ (१२:५८ PM)

क्यानमा नयाँ नेतृत्वका लागि आज निर्वाचन

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।

क्यानको निर्वाचनका लागि आईसीसीले तयार गरेको स्वतन्त्र कमिटिले शनिबार उम्मेदवारको नामावली प्रकाशन गरेको छ ।

उम्मेदवारको नामावली अनुसार १७ सदस्यीय कार्यसमितिका लागि २९ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

अध्यक्ष पदमा पूर्व अध्यक्ष विनयराज पाण्डे र चतुरबहादुर चन्दले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा मिङ्मा डाण्डु शेर्पा र राजुबाबु श्रेष्ठ तथा सचिवमा विनोद कुमार मैनाली र अशोकनाथ प्याकुरेलले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा रोशन कुमार सिंह र उपेन्द्र भट्टराईले उम्मेदवारी दिएका छन् ।

प्रदेश १ सदस्यमा लाक्पा लामा र कैलाश विष्ट, प्रदेश ३ मा अमित बिर पाण्डे, कैलाश प्रधानले उम्मेदवारी दिएका छन् ।

प्रदेश सदस्यतर्फ प्रदेश २ बाट दाउद अन्सारी, प्रदेश ४ बाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रसान्त बिक्रम मल्ल, प्रदेश ६ बाट पदम बहादुर खड्का र प्रदेश ७ बाट बिक्रम बिष्ट निर्विरोध निर्वा्चित भएका छन् । यस्तै महिला सदस्यमा जयन्ती भट्ट पनि निर्विरोध चुनिएकी छिन् ।

त्यस्तै खुल्ला सदस्यमा अर्जुन पौडेल, बिरेन्द्र वहादुर चन्द, धिरेन्द्र साउद, दुर्गा राज पाठक,जगत बहादुर टमटा, करन महोत्रा छेत्री, माधव कुमार कर्माचार्य, नरेश राणा, पवन कुमार अग्रवाल प्रफुल्ल बैद्य र संजय राज सिंहले उम्मेदवारी दिएका छन् ।

निर्वाचनमा जिल्ला र प्रदेशबाट आएको ५९ प्रतिनिधिले मतदान गर्ने छन् । निर्वाचन कमिटिले मतदानका लागि दिउँसो १ देखि २ः३० बजेको समय तोकिएकोा छ । नतिजा घोषणा ३ः४५ देखि ४ बजेसम्म गरिने बताइएको छ ।


Views: 133