19th November | 2019 | Tuesday | 1:22:01 PM

बार्सिलोना र रियल निराश

एजेन्सी   POSTED ON : कार्तिक १८, २०७६ (११:१३ AM)

बार्सिलोना र रियल निराश

बार्सिलोना । स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार राति भएका खेलमा बार्सिलोना र रियल म्याड्रिड निराश बनेका छन् । बार्सिलोना पराजित भएको हो भने रियलले बराबरीको निराशाजनक नतिजा निकालेको हो । रियलले घरेलु मैदान सेन्टियागो बेर्नबेउमा भएको खेलमा शनिबार राति रियल बेटिससँग गोलरहित बराबरी खेल्दै अंक बाड्यो । यो बराबरीसँगै रियलले लालिगाको शीर्ष स्थानमा उक्लिने मौकासमेत गुमायो । जित हात पारेको भए रियलले यस सिजनमा पहिलोपटक रियललाई उछिन्दै शीर्षमा स्थान बनाउने थियो । बराबरीपछि एक अंक जोडेको रियाल २२ अंकसहित दोस्रो स्थानमा यथावत् छ । समान २२ अंक रहेपनि बार्सिलोना गोलअन्तरमा शीर्षस्थानमा छ ।

बार्सिलोना स्तब्ध

यस्तै शनिबार राति भएको अर्को खेलमा बार्सिलोनाले बार्सिलोना लेभान्टेसँग ३–१ले स्तब्ध बनेको छ । लेभान्टेको मैदानमा बार्सिलोनाले पहिलो हाफमा एक गोलको अग्रता लिए पनि घरेलु टिमले दोस्रो हाफमा तीन गोल फर्कायो । जर्ज मिरामोनले नेल्सन सेमेडोलाई फाउल गरेपछि बार्सिलोनाले ३८औं मिनेटमा पेनाल्टी पाएको थियो । त्यसलाई लियोनल मेस्सीले गोलमा परिणत गर्दै टिमलाई अग्रता दिलाए । ६०औं मिनेटमा जोसे क्याम्पानाले लेभान्टेका लागि गोल गर्दै खेल बराबरीमा पु¥याए । त्यसको दुई मिनेटपछि बोर्जा मायोरालले क्याम्पानाकै पासमा गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए ।

त्यसको पाँच मिनेटपछि नेमाञ्जा राडोजाले गोल गरेपछि लेभान्टेले अग्रता ३–१ मा लम्ब्यायो । जितसँगै लेभान्टे १७ अंक बनाउँदै आठौं स्थानमा उक्लिएको छ । पराजित बार्सिलोना रियलसँग २२ अंक बराबरी भए पनि गोलअन्तरका आधारमा शीर्ष स्थानमा कायमै छ । तेस्रो स्थानको एट्लेटिको मड्रिड र चौथो स्थानको सेभियाले पनि एक एक गोलको बराबरीमा अंक बाँढेका छन् । बार्सिलोना पराजित हुँदै शीर्ष स्थानमा उक्लिने मौका पाए पनि एट्लेटिको मड्रिडले पेनाल्टीमा चुक्यो । एट्लेटिको र सेभिया दुवैको २१–२१ अंक छ ।


Views: 63

सम्बन्धित सामग्री:

नेपाल बङ्गलादेशसँग पराजित

: मंसिर २, २०७६ (४:०५ PM)