17th February | 2020 | Monday | 6:17:15 AM

सन्दीप सर्वाधिक विकेट लिने बलर

हिमालय टाइम्स   POSTED ON : पुष १५, २०७६ (११:०४ AM)

सन्दीप सर्वाधिक विकेट लिने बलर

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने सन् २०१९ टी ट्वाण्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीमा शीर्ष स्थानमा रहेका छन् ।

सन् २०१९ मा टी ट्वाण्टी क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीमा सन्दीपसँगै नेपालका करण केसीसमेत छन् । सन्दीपले १६ खेलमा ५९ ओभर बलिङ गर्दै ३ सय ८४ रन खर्चिदै २८ विकेट लिएका छन् ।

त्यस्तै नेदरल्याण्डका ब्राण्डम ग्लोभरले १९ खेलमा ६५ ओभर बलिङ गर्दै ४ सय ४८ रन खर्चेर २८ विकेट लिएका छन् । करणले १९ खेलमा ६५ ओभरमा बलिङ गर्दै कुल ४ सय ७६ रन खर्चेर २८ विकेट लिएका छन् । आयरल्याण्डका मार्क आदिर र नेदरल्याण्डका पल भान मार्करेनले समान २७ विकेट लिएका छन् ।

अफगानिस्तानका स्पिनर राशिद खानले १० खेलमा २० विकेट लिदै १९ औं स्थानमा छन् । सन् २०१९ मा सर्वाधिक विकेट लिने शीर्ष ४० खेलाडीमा टेष्ट राष्ट्रका ६ खेलाडीमात्रै अटाएका छन् । १७ खेलमा १६ विकेट लिएका अभिनाश बोहरा ३५ औं स्थानमा छन् ।

यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का सन् २०१९ टी ट्वाण्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सातौं स्थानमा छन् । पारसले १८ खेलमा ३ अर्ध शतक, १ शतकसहित कुल ५ सय ४१ रन बनाउँदै सातौं स्थानमा छन् । १४५.८२ को स्ट्राइक रेटमा ब्याटिङ गरेका पारसले कुल ६० चौका र २५ छक्का सामेल छ । पारसको उत्कृष्ट प्रर्दशन १ सय ६ रन अविजित छ ।

सन् २०१९ टि ट्वाण्टी आईमा सर्वाधिक रन बनाउने खेलाडीमा पल स्टर्लिङ (आयरल्याण्ड) ७ सय ४८ रन, केभिन ओ ब्रायन (आयरल्यान्ड) ७ सय २९ रन, म्याक्स ओ डोवड (नेदरल्याण्ड ७ सय २ रन, बेन कपूर ६ सय ३७ रनलगायत छन् । 

मेलबर्न स्टार्स विजयी

एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) मा तेस्रो जित हात पारेको छ । सोमबार भएको खेलमा होबार्ट हुरुकेन्सलाई डीएल पद्दतिको आधारमा ४ रनले पराजित गर्दै मेलबर्नले तेस्रो जित निकालेको हो ।

वर्षाको कारण ११ ओभरमा छोट्टाइएको खेलमा हुरुकेन्सले मेलबर्नलाई जितका लागि ८० रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको मेलबर्नले ७ ओभर ३ बल ५ विकेट गुमाएर ५५ रन जोड्दा वर्षाले पुनः खेल रोकिदा डीएल पद्दतिमा मेलबर्नले ४ रनको जित निकालेको हो ।

मेलबर्नका मार्कस स्टोइनेसले सर्वाधिक २५ रन बनाए । यस्ती पिटर ह्यान्ड्सकम्बले अविजित २२ रन बनाए । होबार्टका जेम्स फौक्लनले २ तथा रिले मिरेडिथले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हुरिकेन्सले ११ ओभरमा ५ विकेट गुमाएर ६९ रन बनाएको थियो । तर, डकविथ लुइस पद्दतिको आधारमा मेलबर्नले ८० रनको नयाँ लक्ष्य पाएको हो । उसका कलेब जेवेलले सर्वाधिक २६ रन बनाए ।

मेलबर्नका डेल स्टेन र नाथन कुण्टर नाइलले समान २–२ विकेट लिए । सन्दीपले भने विकेट लिन सकेनन् । २ ओभर बलिङ गरेका उनले ११ रन खर्चिए । जितसँगै ४ खेलमा ३ जित हात पारेको मेलबर्न ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । समान खेलमा २ जित हात पारेको होबार्ट तालिकाको पाचौं स्थानमा छ ।

Views: 144

सम्बन्धित सामग्री: