8th April | 2020 | Wednesday | 11:13:40 AM

ओलम्पिक खेलकुद निर्धारित समयमै गर्ने तयारी

एजेन्सी   POSTED ON : चैत्र ५, २०७६ (११:०२ AM)

ओलम्पिक खेलकुद निर्धारित समयमै गर्ने तयारी

टोकियो । जापानले कोरोना भाइरसको सन्त्रास कायम रहे पनि ओलम्पिक खेलकुद निर्धारित समयमै आयोजना गर्ने तयारी गरिरहेको छ । जापानका ओलम्पिक मन्त्री शिको हासिमोतोले एक पत्रकार सम्मेलनमा दर्शककै सहभागितामा ओलम्पिक आयोजना गर्ने प्रतिबद्धता जनाए । गत शनिबार जापानका प्रधानमन्त्री शिन्जो आबेले पनि ओलम्पिक आयोजना गर्न आफूहरू तयार रहेको बताएका थिए ।

मन्त्री हासिमोतोले ओलम्पिकको आशन्न संस्करण पनि अघिल्ला संस्करण जस्तै गरी आयोजना गर्न जापानसक्षम रहेको बताइन् । पछिल्लो समय विश्वलाई आक्रान्त बनाएको कोरोना भाइरसका कारण जापानमा २८ जनाको मृत्यु भएको थियो भने १४ सयभन्दा बढी संक्रमित छन् । अर्को साता जापानको फुकुसुमाबाट ओलम्पिक टर्च ¥यालीसमेत हुनेभएको छ । सो कार्यक्रममा पनि जापानले दर्शकलाई उपस्थित हुन भनेको छ ।


Views: 52