13th July | 2020 | Monday | 12:40:12 AM

पिएसजीका ३ खेलाडीमा कोरोना संक्रमण

एजेन्सी   POSTED ON : असार ११, २०७७ (१२:१५ PM)

पिएसजीका ३ खेलाडीमा कोरोना संक्रमण

पेरिस । फ्रान्सेली लिग लिगा वानको च्याम्पियन टोली पेरिस सेन्ट जर्मन(पिएसजी)का ३ खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । पिएसजीले यसै हप्तादेखि प्रशिक्षण सुरु गर्न लाग्दा खेलाडीहरूको परीक्षण गर्दा तीन खेलाडीमा कोरोना संक्रमण पाएको हो । तीन खेलाडीसँगै एक सदस्य स्टाफलाई पनि संक्रमण देखिएको क्लबले पुष्टि गरेको छ । च्याम्पियन्स लिगको खेलतालिका सार्वजनिक भइसकेपछि पिएसजी प्रशिक्षणमा उत्रने तयारीमा थियो । च्याम्पियन्स लिगमा पिएसजी अन्तिम आठमा रहेको छ ।


Views: 30

सम्बन्धित सामग्री:

घुँडा टेकेर विरोध

एजेन्सी : असार २५, २०७७ (९:४६ AM)