13th July | 2020 | Monday | 1:46:52 AM

केनको गोलमा टोटनहमको जित

एजेन्सी   POSTED ON : असार ११, २०७७ (१२:१६ PM)

केनको गोलमा टोटनहमको जित

लण्डन । कप्तान हृयारी केनले विजयी गोल गरेको खेलमा टोटेनहमले प्रियिमर लिग फुटबलमा जित निकालेको छ । सोमबार राति घरेलु मैदानमा टोटेनहमले वेस्ट ह्याम युनाइटेडमाथि २–० को जित निकालेको हो ।

खेलमा अग्रता टोटेनहमले टोमस सोसेकको आत्मघाती गोलमार्फत ६४ औं मिनेटमा लिएको थियो । खेल सकिन ८ मिनेट बाँकी छँदा केनले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरेका थिए । केनले यस सिजन टोटेनहमबाट १८ औं गोल पूरा गरे ।

पछिल्ला ८ खेलमा टोटेनहमले पहिलो जित दर्ता गरेको छ । टोटेनहमको जितले वेस्ट ह्यामलाई भने रेलिगेशनको दबाब थपिएको छ । यस नतिजासँगै टोटेनहमको ३१ खेलमा ४५ अंक भएको छ । सातौं स्थानमा रहेको स्पर्स सेफिल्ड युनाइटेडभन्दा १ अंक मात्र अगाडि छ । लिगको यस चरणमा पाँचाँै स्थानमा रहेको म्यानचेस्टर युनाइटेड र सेफिल्ड खेल्दैछन् । वेस्ट ह्याम भने ३१ खेलमा २७ अंकसहित गोल अन्तरको आधारमा रेलिगेसन क्षेत्रबाट एक स्थान माथि छ ।

चौथो स्थानमा रहेको चेल्सीभन्दा ६ अंक मात्रै पछि रहेपछि टोटनहमका प्रशिक्षक जोसे माउरिन्हो खुशी देखिए । यस्तै, जनवरीदेखि इन्जुरीका कारण मैदानबाहिर रहेका केनले गोल गर्दा उनले प्रशंशा गरे ।

‘म नतिजाबाट निकै खुशी छु । हामीले क्लिनसिट राखौं । त्यसको मतलब टिम अझै बलियो बनेको छ भन्ने हो,’ माउरिन्होले भने, ‘हामीले धेरै अनुभवी प्रशिक्षकले सम्हालेको टिमविरुद्ध खेलेका थियौं । निकै कटिबद्ध टिमसँग खेल्दा चुनौतीपूर्ण हुन्छ । केनले गोल गर्दा त हामी अझै खुशी भएका छौं ।’

वेष्ट ह्यामका प्रशिक्षकले भिडियो एसिटेन्ट रेफ्रीको गल्तीका कारण हानुपरेको बताए । उनले भने, ‘पहिलो गोल भिडियो एसिस्टेन्ट रेफ्रीले दियोभन्दा मलाई विश्वास लागेन । त्यो सरासर ह्यान्डबल थियो । तर पनि हामीले टिमवर्क एकदमै राम्रो गरौं । टोटनहमलाई हामीले चुनौती पनि दिएका थियौं ।’

तथ्यहरू

– गत फेब्रुअरी २ मा म्यानचेस्टर सिटीलाई हराएपछि टोटनहमले पहिलो पटक घरेलु मैदानमा वेष्ट ह्यामलाई पराजित गरेको हो ।

– वेष्ट ह्यामले यो खेलसँगै लिगमा लगातार सातौं अवे खेल गुमाएको छ ।

– टोटनहमका प्रशिक्षक माउरिन्होले वेष्ट ह्यामका प्रशिक्षकले सम्हालेको टिमविरुद्ध कहिलै हार व्यहोर्नुपरेको छैन ।

– वेष्ट ह्यामका मार्क नोबेलले प्रिमियर लिगमा टोटनहमविरुद्धका खेलमा ११ पहेलो कार्ड पाएका छन ।

– प्रिमियर लिगको लण्डन डर्बीमा ह्यारी केनले ४८ खेलमा ३० औं गोल गरेका हुन् ।


Views: 45

सम्बन्धित सामग्री:

घुँडा टेकेर विरोध

एजेन्सी : असार २५, २०७७ (९:४६ AM)