31st October | 2020 | Saturday | 3:35:39 AM

आइपीएल : किंन्स इलाभेनको पन्जाबको सहज जीत– कप्तान केएल राहुलको शानदार प्रदर्शन

हिमालय टाइम्स   POSTED ON : आश्विन ९, २०७७ (८:२६ AM)

आइपीएल : किंन्स इलाभेनको पन्जाबको सहज जीत– कप्तान केएल राहुलको शानदार प्रदर्शन

काठमाडौं । दुबईमा आयोजित आईपीएलको छैटौं खेलमा किंग्स इलाभेन पन्जाबले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ९७ रनले हराएको छ । 

विहीबार राति भएको खेलमा किंग्स इलाभेन पन्जाबले जितका लागि २०७ रनको लक्ष्य दिएको थियो । तर रोयल च्यालेन्जर्स बैंगलोर १७ ओभरमा १०९ रनमा समेटियो ।

बैंगलोरको शुरुवात खराब थियो । पहिलो ओभरमै देवदत्त एक रनमा क्याचआउट भए । लगत्तै अर्को ओभरमा जोश फिलिप खाता नखोली आउट भए ।

जितका लागि २ सय ७ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोर १७ ओभरमा १ सय ९ रनमा अल आउट हुँदै लज्जास्पद हार बेहोरेको हो । बेंगलोरका कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

पन्जावका कप्तान केएल राहुलको प्रदर्शन शानदार रह्यो । उनले १४ चौका र ७ छक्काको मद्दतमा ६९ बलमा नटआउट १३२ रन बनाए । उनले सात चौका र एक छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए ।


Views: 180