27th February | 2021 | Saturday | 3:06:10 PM

आइपीएलमा बिकेनन सन्दीप

  POSTED ON : फाल्गुन ७, २०७७ (९:५८ AM)

आइपीएलमा बिकेनन सन्दीप

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई इण्डियन प्रिमियर लिग (आइपीएल)मा कुनै पनि क्लबले अनुबन्ध गरेन । बिहीबार चेन्नाईमा भएको अक्सनमा सन्दीपलाई कुनै पनि क्लबले भाउ लगाएनन् । योसँगै उहाँले आगामी सिजनको आइपीएल खेल्न नपाउने हुनुभएको छ ।

यसअघि सन्दीपले तीन वर्ष दिल्ली क्यापिटल्सबाट आइपीएल खेल्नुभएको थियो । अघिल्लो सिजन भने दिल्लीलाई सन्दीपले कुनै खेलमा मौका दिएको थिएन । साथै दिल्लीले सन्दीपलाई रिलिज गरेपछि उहाँ पुनः अक्सनमा जानुभएको हो ।

सन्दीपले आफ्नो आधारमुल्य ४० लाख भारतीय रुपैयाँ तोक्नुभएको थियो । यसअघि उहाँले प्रत्येक सिजनमा दिल्लीबाट २० लाख भारतीय रुपैयाँ पारिश्रमिक पाउँदै आउनुभएको थियो । सन्दीपले दिल्लीबाट तीन सिजन खेल्दै नौ खेलमा १३ विकेट लिनुभएको थियो । २०१८ मा तीन खेलमा मौका पाउनुभएका सन्दीपले पाँच विकेट लिनुभएको थियो । २०१९ मा ६ खेल खेल्नुभएको उहाँले आठ विकेट लिनुभएको थियो ।


Views: 45