16th May | 2021 | Sunday | 2:00:59 AM

नेदरल्याण्ड्समाथि सानदार जितसँगै नेपाललाई त्रिकोणात्मक शृंखलाको उपाधि

हिमालय टाइम्स   POSTED ON : बैशाख ११, २०७८ (४:४३ PM)

नेदरल्याण्ड्समाथि सानदार जितसँगै नेपाललाई त्रिकोणात्मक शृंखलाको उपाधि

काठमाठौं । नेपालले काठमाडौंमा सम्पन्न त्रिकोणात्मक टी–२० शृंखलाको उपाधि उचालेको छ ।

शनिबार त्रिवि मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्ड्समाथि सानदार जित निकाल्दै उपाधि उचालेको हो ।

नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै पहिलो पटक भएको सिरिजको उपाधि उचालेको हो ।

टी–२० अन्तर्राष्ट्रियमा नेपालले अहिलेसम्मकै विशाल २ सय ३९ रनको योगफल तयार पारेको थियो । नेपालल नेदरल्याण्डलाई ९६ रनमा समेट्दै उपाधिमाथि कब्जा जमायो ।


Views: 79