16th May | 2021 | Sunday | 2:23:25 AM

नेपाललाई त्रिकोणात्मक शृंखलाको उपाधि

हिमालय टाइम्स   POSTED ON : बैशाख ११, २०७८ (६:१५ PM)

नेपाललाई त्रिकोणात्मक शृंखलाको उपाधि

काठमाडौं । नेपालले काठमाडौंमा सम्पन्न त्रिकोणात्मक शृंखलाको उपाधि जितेको छ । कीर्तिपुर मैदानमा नेदरल्यान्ड्सलाई फाइनलमा १४२ रनले नेपालले उपाधि उचालेको थियो । नेपालले टी–२० अन्तर्राष्ट्रियमा हात पारेको यो सबैभन्दा ठूलो अन्तरको उपाधि समेत हो ।

यसअघि नेपालले २०१९ मंसिरमा भएको दक्षिण एसियाली खेलकुदमा भुटानमाथि १४१ रनको जित हात पारेको थियो ।

नेपालले घरेलु मैदानमा जितेको यो पहिलो त्रिकोणात्मक टी–२० शृंखला हो । सन् २०१० मा घरेलु मैदानमा आइसिसी विश्व क्रिकेट लिग डिभिजन–५ को उपाधि जितेपछि नेपालले जितेको यही नै पहिलो उपाधि हो ।  

नेपालले सन् २०१९ पहिलो पटक युएईविरुद्धको तीन खेलको सिरिज २–१ ले जितेको थियो । शनिबार नेपालले दिएको २३९ रनको विशाल लक्ष्य पछ्याएको नेदल्यान्ड्स १७.२ ओभरमा ९६ रनमा अलआउट भयो ।

नेदरल्यान्ड्सका लागि म्याक्स ओ’डाउडले २० रन, कप्तान पिटर सीलारले १३ रन र सेबास्टियन ब्रातले नटआउट २६ रनमात्रै जोड्नसक्नुभयो । अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट हुनुभयो ।

बलिङमा नेपालका करण केसीले ३ विकेट लिनुभयो । यस्तै सन्दीप लामिछाने र कमलसिंह ऐरीले २–२ विकेट लिनुभयो । यस्तै अभिनास बोहराले १ विकेट हात पार्नुभयो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३८ रन जोडेको थियो । यो नेपालको टी–२० अहिलेसम्मकै सर्वाधिक स्कोर हो । यसअघि भुटानविरुद्ध काठमाडौंमा भएको साग गेममा बनाएको २३६ रन नेपालको उच्च स्कोर थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय पारी खेल्नुभएको थियो । भुर्तेलले ५३ बलमा ७७ रन जोड्नेक्रममा ८ चौका र ३ छक्का प्रहार गर्नुभयो । जारी शृंखलामा कुशलको पहिलो चौथो अर्धशतक समेत हो । यसअघि उहाँले नेदरल्याण्ड्सका दुई तथा मलेसियासँगको एक खेलमा यसअघि उहाँले अर्धशतक हिर्कासकनुभएको थियो । नेपालका लागि उहाँ नेपालका लागि एकै सिरिजमा चार अर्धशतक प्रहार गर्ने पहिलो खेलाडीसमेत बन्नुभयो ।

यस्तै कुशल मल्लले आक्रमक ब्याटिङ गर्दै नटआउट ५० रन जोड्नुभयो । उहाँले २४ बलमा २ चौका र ५ छक्कासहित अर्धसतक पूरा गर्नुभयो । यस्तै उपकप्तान दीपेन्द्रसिंह ऐरीले नटआउट ४८ रन जोड्नुभयो । उहाँले मात्र १८ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै नेपाललाई विशाल योगफलसम्म पु¥याए।

नेपालका कप्तान ज्ञानेन्द मल्लले ३३ रन जोड्दा ओपनिङ ब्याट्सम्यान आशिफ शेखले १६ रनको योगदान दिनुभयो । ज्ञानेन्द्रले १९ बलमा  ३ चौका र २ छक्का हिर्काउनुभयो । यस्तै नेपालका आशिफ सेखले ८ बलमा १ चौका र २ छक्का प्रहार गर्नुभएको थियो ।  

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नेपालका कुशल भुर्तेल हुनुभयो । नेपाल क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा नेपाल र नेदरल्याण्ड्ससँगै मलेसियाको सहभागिता थियो । 

 


Views: 83