21st June | 2021 | Monday | 12:05:00 PM

फिल फोडेन युरोपको मोस्ट भ्यालुएबल प्लेयर

एजेन्सी   POSTED ON : जेठ २६, २०७८ (८:१० AM)

फिल फोडेन युरोपको मोस्ट भ्यालुएबल प्लेयर

म्यानचेस्टर सिटीका मिडफिल्डर फिल फोडेन युरोपको मोष्ट भ्यालुएबल प्लेयर बन्नुभएको छ । फुटबल सम्बन्धि अध्ययन गर्ने संस्था सिआइइएस फुटबल अब्जरभेटरीले निकालेको सूचीमा फोडेन शीर्ष स्थानमा रहेका छन् । इंग्ल्याण्डका युवा मिडफिल्डर फोडेनको ट्रान्सफर भ्यालु १९० मिलियन युरो छ । यस्तै म्यानचेस्टर युनाइटेड फरवार्ड मासन ग्रीनउड दोस्रो स्थानमा छन् । उहाँको ट्रान्सफर भ्यालु १७८ मिलियन युरो छ ।

तेस्रो स्थानमा रहेका म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कुस राषफोर्डको ट्रान्सफर भ्यालु १५९ मिलियन युरो छ । बोरुसिया डर्टमण्डका अर्लिङ हालाण्ड १५६ मिलियन युरोसहित चौंथो र युनाइटेडका ब्रुनो फर्नान्डेस १५४ मिलियन युरोसहित पाँचौ स्थानमा हुनुहुन्छ । त्यस्तै डी योङ, पेड्री, अल्फान्सो डेभिस, जोआ फेलिस र मासन माउण्ट शीर्ष १० भित्र परेका छन् ।


Views: 61