ब्राजिलको सानदार सुरुवात

एजेन्सी   POSTED ON : असार १, २०७८ (८:०४ AM)

ब्राजिलको सानदार सुरुवात

आयोजक राष्ट्र ब्राजिलले कोपा अमेरिका २०२१ अन्तर्गतमा सानदार सुरुवात गरेको छ । साविक विजेता ब्राजिलले समूह चरणको पहिलो खेलमा भेनेजुएलालाई ३-० गोलअन्तरले पराजित गर्दै सानदार सुरुवात गरेको हो । ब्राजिलको जितमा मार्किन्हस, नेयमार र ग्याब्रिएल बार्बोसाले १-१ गोल गर्नुभयो ।

खेलको २३औं मिनेटमा मार्किन्हसले कर्नरबाट आएको बललाई पोष्टको दिशा दिँदै ब्राजिललाई अग्रता दिलाउनुभएको थियो । कोरोना संक्रमणका कारण भेनेजुएलाका आठ खेलाडीले कोपा गुमाएपछि टोली कमजोर देखिएको थियो । खेलको ६५औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पार्नुभयो । खेलको अन्तिम समयमा ग्याब्रिएल बार्बोसाले नेयमारको पासमा गोल गर्दै ब्राजिललाई ३–० को जित दिलाउनुभयो ।

यस जितसँगै ब्राजिलले समूह ‘ए’ मा तीन अंक जोडेको छ । ब्राजिलले अब अर्को खेलमा पेरूको सामना गर्नेछ भने भेनेजुएलाले कोलोम्बियासँग खेल्नेछ । यस्तै कोपा अमेरिकाको अर्को खेलमा कोलम्बियाले इक्वेडरलाई १-० ले पराजित गरेको छ । कोलम्वियाको जितमा इडविन कार्डाेनाले पहिलो हाफमा निर्णायक गोल गर्नुभयो । ४१औं मिनेटमा इडविन कार्डाेनाले गोल गर्दै कोलम्वियालाई १–० को जित दिलाउनुभएको थियो ।

यो जितसँगै समूह ‘बी’ मा कोलम्वियाले ३ अंक जोडेको छ । ब्राजिलको ३ अंक रहँदा बढी गोलको आधारमा शीर्षस्थानमा छ । पराजित इक्वेडर चौथो तथा भेनेजुएला पुछारमा छ ।


Views: 111

Top