ईपीएल : पवनको अर्धशतक, काठमाडौंलाई १ सय ५८ रनको लक्ष्य

हिमालय टाइम्स   POSTED ON : आश्विन ९, २०७८ (२:३४ PM)

ईपीएल : पवनको अर्धशतक, काठमाडौंलाई १ सय ५८ रनको लक्ष्य

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)टी–ट्वान्टी क्रिकेटको पहिलो खेलमा  साविक विजेता ललितपुर प्याट्रीयट्सले काठमाडौं किङ्स–११ लाई जितका लागि १ सय ५८ रनको लक्ष्य दिएको छ ।

ललितपुर प्याट्रिओट्सले उद्घाटन खेलमा काठमाडौं किङ्ग्स–११ लाई १ सय ५८ रनको लक्ष्य दिएको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ  गरेको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनायो । ललितपुरका लागि पवन सर्राफले ६१ रन बनाए । 

पहिलो बलमै ललितपुरका कप्तान कुशल भुर्तेल आउट भएका थिए । त्यसै ओभरमा सन्दुन विराकोडी २ रन बनाएर आउट भए । दोस्रो ओभरमा गुल्सन झाले ओसादा फर्नान्डोलाई आउट गरेपछि ललितपुरले ७ रनमै ३ विकेट गुमायो ।

पाँचौं नम्बरमा ब्याटिङमा आएका पवनले योगेन्द्रसिंह कार्कीसँग ६२ रनको साझेदारी गर्दै ४४ बलमा ५ चौका र ४ छक्कासहित ६१ रनको महत्त्वपूर्ण इनिङ खेले । ललितपुरका लागि योगेन्द्र कार्कीले २० बलमा ३ छक्कासहित ३३ रन जोडे ।

काठमाडौंका जितेन्द्र मुखियाले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । रायन बर्लले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । गुल्शन झाले ४ ओभरमा ३५  रन खर्चेर २ विकेट लिए ।

काठमाडौंका  कप्तान सन्दीप लामिछाने र शाहिद अफ्रिदीले विकेट लिन सकेनन् ।

कप्तान लामिछानेले ४ ओभरमा ४४ रन खर्चिए पनि विकेट लिन सकेनन् । यस्तै पाकिस्तानका अफ्रिदीले ४ ओभरमा ३२ रन खर्चिए भने विकेट लिन सकेनन् ।


Top