मेस्सी, रोनाल्डो र लेवान्डोस्की बालोन डी’ओरको मनोनयनमा

एजेन्सी   POSTED ON : आश्विन २४, २०७८ (६:५७ AM)

मेस्सी, रोनाल्डो र लेवान्डोस्की बालोन डी’ओरको मनोनयनमा

लण्डन । विश्वको सर्वोत्कृष्ट फुटबल खेलाडीलाई दिइने बालोन डी’ओर अवार्डको मनोनयनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) का लियोनेल मेस्सी, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डो, जर्मन क्लब बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीसहित ३० जना खेलाडीको मनोनयन सार्वजनिक भएको छ । आयोजक फ्रान्स फुटबलले शुक्रबार राति अन्तिम ३० मनोनयन सार्वजनिक गरेको हो । च्याम्पियन्स लिग विजेता चेल्सी र उपविजेता म्यानचेस्टर सिटीबाट समान पाँच÷पाँच खेलाडी मनोनयनमा पर्नुभएको छ । फ्रान्सेली क्लब पिएसजीबाट चार तथा इटालियन क्लब युभेन्ट्स, स्पेनिस क्लब रियल म्याड्रिड, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब इन्टर मिलानबाट समान दुई खेलाडी मनोनयनमा पर्न सफल हुनुभएको छ ।

मनोनयन सूचीको गोलरक्षकमा जियानलुइजी डोन्नररुम्मा (पिएसजी), डिफेन्डरमा लियोनाद्रो बोनुची (युभेन्ट्स), जर्जियो चिलियनी (युभेन्ट्स), सिमोन कायर (एसी मिलान), सिसर एज्पिलिक्वेटा (चेल्सी) र रुवेन डियास (म्यानचेस्टर सिटी), मिडफिल्डरमा एंगोलो कान्टे (चेल्सी), मासन माउन्ट (चेल्सी), निकोलो बरेल्ला (इन्टर मिलान), ब्रुनो फर्नान्डेस (म्यानचेस्टर युनाइटेड), पेड्री (बार्सिलोना), लुका मोड्रिच (रियल म्याड्रिड), केभिन डि ब्रुयन (म्यानचेस्टर सिटी), जर्गिन्हो (चेल्सी) र फिल फोडेन (म्यानचेस्टर सिटी) रहनुभएको छ ।

यस्तै फरवार्डमा रियाद महारेज (म्यानचेस्टर सिटी), एर्लिङ हालान्ड (बोरुसिया डर्टमुन्ड), हृयारी केन (टोटेनहम), करिम बेन्जेमा (रियल म्याड्रिड), रहिम स्टर्लिङ (म्यानचेस्टर सिटी), लियोनेल मेस्सी (पिएसजी), नेयमार (पिएसजी), लोउटारो मार्टिनेज (इन्टर मिलान), रोबर्ट लेवान्डोस्की (बायर्न म्युनिख), मोहम्मद सलाह (लिभरपुल), रोमेलु लुकाकु (चेल्सी), क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड), केलियन एमबाप्पे (पिएसजी), जेरार्ड मोरेनो (भिल्लारियल) र लुइस सुआरेज (एट्लेटिको म्याड्रिड) रहनुभएको छ ।


Top