Date:2017/08/18 |Friday

राहने र पुजराको शतक

Posted on: August 04, 2017 | views: 16 |

एजेन्सी 

कोलोम्बो । श्रीलंकाविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा भारतका दुई खेलाडीले शतक पूरा गरेका छन् । 

कोलोम्बोस्थित सिन्हाली स्पोटर््स क्लबको खेल मैदानमा बिहीबारबाट सुरु भएको दोस्रो टेष्ट क्रिकेटको पहिलो इनिङ्समा भारतका चेतेश्वर पुजारा र अजिन्क्या रहानेले शतक पूरा गरेका हुन् । पुजारा १ सय २८ तथा रहाने १ सय ३ रनमा अविजित छन् । पुजाराले १० चौका र १ छक्का प्रहार गरे ।

राहनेले १२ चौका प्रहार गर्दै शतक पुरा गरेका हुन् । पुजरा र राहनेले चौथो विकेटका लागि २ सय ११ रनको गतिलो साँझेदारी गरेपछि दोस्रो टेष्ट क्रिकेटमा पनि भारत बलियो स्थितिमा पुगेको हो । दोस्रो टेष्टको पहिलो दिन टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो दिन तीन विकेटको क्षतिमा ३ सय ४४ रन बनाएको छ । 

भारतका लागि ओपनर लोकेश राहुलले ५७ र शिखर धवनले ३५ रन बनाएका थिए । कप्तान विराट कोहली भने १३ रनमा आउट भए । श्रीलंका रंगना हेराथ र दिलरुवान परेराले समान १–१ विकेट लिए । दोस्रो दिन भारतले ३ विकेटको क्षतिमा ३४४ रनदेखि नै ब्याटिङ थाल्नेछ । यसअघि पहिलो टेष्ट खेलमा भारतले श्रीलंकालाई ३ सय ४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । तीन टेष्ट क्रिकेट शृंखलामा भारतले १–० ले अग्रता लिएको छ । श्रीलंका भ्रमणमा रहेको भारतले श्रीलंकासंग ५ एक दिवसीय खेल खेल्ने छ भने एकमात्र टि–ट्वान्टी क्रिकेट खेल खेल्नेछ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं