Date:2017/09/26 |Tuesday

सगरमाथा युवा क्लव सेमिफाइनलमा

Posted on: August 11, 2017 | views: 34 |

ताप्लेजुङ । सगरमाथा युवा क्लब विराटचौक मोरङ ताप्लेजुङमा जारी पाथीभरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

शुक्रबार भएको खेलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई ३–१ को गोल अन्तरले पराजित गर्दै मोरङ सेमिफाइनलमा प्रवेश गरेको हो । 

मोरङको जितमा तीर्थ बस्नेतले ह्याट्रिक गर्दै आफ्नो टिमलाई सेमिफाइनलमा पुर्याएका हुन् । बस्नेतले तीन, सात र २८ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए । 

यता खेल अवधिभर दबावमा परेको फिदिम स्पोर्टिङ क्लबका चरण बस्नेतले २१ औँ मिनेटमा सान्त्वना गोल फर्काएका थिए । अब सगरमाथाले सेमिफाइनलमा शसस्त्र प्रहरीको दमक टिमसँग प्रतिस्पर्धा गर्नेछ । 

शनिबार हुने पहिलो सेमिफाइनलमा चर्च ब्वाईज काठमाडौँ र नब प्रयास युवा क्लब ताप्लेजुङबीच खेल हुने आयोजकले जनाएको छ । 

प्रतियोगितामा घरेलु दुईसहित विभिन्न जिल्लाका १० टोलीको सहभागिता छ । यही साउन ३० गते सम्पन्न हुने उक्त प्रतियोगिताका विजेताले ट्रफीसहित दुई लाख ११ हजार १११ र उपविजेताले रु एक लाख ११ हजार १११ प्राप्त गर्नेछन् । लाखे जात्राका अवसर पारेर विसं २०२९ देखि हरेक वर्ष प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं