Date:2017/11/23 |Thursday

ओलम्पियनजेमिमा प्रतिबन्धित

Posted on: November 09, 2017 | views: 36 |

 एजेन्सी

नाइरोवी । ओलम्पिक खेलकुदका स्वर्णपदक विजेता केन्याकी लामो दूरीका धाविका जेमीमा सुमगोङगलाई चार वर्षको प्रतिबन्ध लागेको छ । शक्तिवर्दक औषधि प्रयोग (डोपिङ) परिक्षणमा असफल भएपछि अन्तर्राष्ट्रिय एसोसियसन अफ एथ्लेटिक्स फेडेरसन (आइएएफ) ले म्याराथन धाविका जेमीमालाई ४ वर्षको प्रतिबन्ध सुनाएको हो ।

ब्राजिलमा भएको सन् २०१६ को रियो ओलम्पिकमा महिला म्याराथनतर्फ ३२ वर्षीय जेमीमाले स्वर्ण पदक जितेकी थिइन् । त्यस्तै उनले यसै वर्षको अप्रिलमा भएको लण्डन म्याराथनमा समेत स्वर्ण जितेकी थिइन् । तर, लण्डन म्याराथनमा स्वर्ण जितेपछि गरिएको डोपिङ परिक्षणमा जेमीमाले शक्तिवर्धक औषधि प्रयोग गरेको पाइएको थियो । 

परीक्षणमा उनले एरिथ्रोपोइटीन नामक औषधि प्रयोग गरेको भेटिएको थियो । त्यसलगत्तै आइएएफले उनीलाई निलम्बन गरेको थियो । धाविका जेमीमाले प्रतिबन्धबारे अपिल भने नगर्ने भएकी छन् ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं