21st September | 2018 | Friday | 5:36:59 PM

युभेन्ट्स जाने तयारी गरेका रोनाल्डो ग्रिसमा

एजेन्सी   POSTED ON : Sunday, 08 July, 2018 (5:24:40 PM)

युभेन्ट्स जाने तयारी गरेका रोनाल्डो ग्रिसमा

मड्रिड । रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो युभन्टे्स जाने खबरले फुटबलको सरुवा बजार तातिएको छ । उनी ८८ मिलियन पाउन्डमा रियलबाट इटालियन क्लब युभेन्ट्स जान लागेको खबर सार्वजनिक भएका छन् ।

समाचार एजेन्सीका अनुसार ३३ वर्षीय रोनाल्डोले युभेन्ट्सका लागि स्वास्थ्य परीक्षणसमेत गराई सकेका छन् । उनी चार वर्षका लागि युभेन्ट्स जान लागेका हुन् । नयाँ सम्झौताअनुसार उनले सिजनको ३० मिलियन पाउन्ड तलब पाउनेछन् । विश्वकपको अन्तिम १६ बाट पोर्चुगल बाहिरिएपछि रोनाल्डो भने अहिले आफ्नी प्रेमिका जियोर्जिना रोड्रिगेजसँग ग्रिसमा बिदाका दिन मनाइरहेका छन् । उनीहरु ग्रिसको दक्षिणी पूर्वी क्षेत्रमा बिदा मनाइरहेका तस्वीर सार्वजनिक भएका छन् ।

रिपोर्टमा जनाएअनुसार उनीहरु आफ्नो निजी विमानमार्फत ग्रिस आएका हुन् । त्यहाँबाट उनीहरु चार्टड हेलिकोप्टरको प्रयोग गरी रिसोर्टतर्फ लागेका थिए । उनीहरुका साथमा छोरा क्रिस्टियानो जुनियर पनि देखिएको छ । रियलमा ९ वर्ष विताएपछि रोनाल्डो क्लब छाड्न लागेका हुन् । रियल मड्रिडमा नयाँ सम्झौताका लागि ८ महिना कुरेपनि क्लबका अध्यक्ष फ्लोरिन्टनो पेरेजसँग असहमति भएपछि रोनाल्डो क्लब छाड्ने मनसायमा पुगेका थिए । 

पे्रमिकासँग बिदा मनाउँदै रोनाल्डो । तस्वीर : एपी


Views: 0