काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई चद्रपुरले ७–१ गोल अन्तरको फराकिलो अन्तरले पराजित गरेको हो ।
चन्द्रपुरको जितमा सबिता राना मगरले हृयाट्रिक गर्नुभयो भने दिल कुमारी राना मगरले दुई गोल थप्नुभयो । यस्तै रजनी थोकर र सुनिता भोलानले एक एक गोल गरिन् । चौदण्डीकी अन्जना थुलुङले एक गोल फर्काउनुभएको थियो ।
त्यसअघि आइतबार भएको खेलमा सावित्रा भण्डारीको चार गोलको मद्दतमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विराटनगर महानगरपालिकालाई ७–० गोलअन्तरले पराजित गरेको छ । एपीएफ क्लबको यो लगातार दोस्रो जित हो ।
खेलको प्लेयर अफ दि म्याच सरु लिम्बु घोषित हुनुभयो । एपिएफले पहिलो खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–० गोलअन्तरले हराएको थियो । विराटनगरले भने पहिलो खेलमा स्याङ्जाको वालिङ नगरपालिकासँग एक÷एक गोलको बराबरी खेलेको थियो ।
Views: 67