लमजुङको मध्यनेपालमा ट्रिपर दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

Read Time = 2 mins

लमजुङ । लमजुङको मध्यनेपालमा ट्रिपर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । मध्यनेपाल नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना पर्ने कोइलेनी भन्नेस्थानमा बा ४ ख ७७८१ नम्बरको ट्रिपर दुर्घटना भएको हो । मध्यपहाडी लोकमार्गअन्तर्गत भोर्लेटार सडक खण्डमा काम गर्दै आएको काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिको ट्रिपर दुर्घटना भएको हो ।

सडक आयोजनाका लागि ढुंगा ढुवानी गर्नेक्रममा ट्रिपर सडकबाट करिब ३० मिटर तल खसेको हो । दुर्घटनामा परि ट्रिपर चालकसहित चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा सोही ट्रिपरका चालक अन्दाजी २७ वर्षीय आकाश घिमिरेसहित सो आयोजनाका सुपरभाइजर र सहयोगी रहेका छन् । ।

त्यसैगरी अन्य मृतक मध्ये सोही आयोजनाका सुपरभाइजर अन्दाजी ४५ वर्षीय उत्तम न्यौपाने रहेका छन् । अन्य दुई जना अन्दाजी २८ वर्षीय पारस शाह र अन्दाजी २५ वर्षीय रवीन्द्र सेढाई रहेका छन् । उनीहरूको नाम खुले पनि ठेगाना भने यकिन नभएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?