एनएमबी र विन्ड पावरबीच सहकार्य

Read Time = 1 min

काठमाडौं । एनएमबी बैंक र विन्ड पावर नेपाल प्रालिबीच सम्झौता भएको छ । एनएमबी बैंकले हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणालीमा कर्जा लगानी गर्नका लागि विन्ड पावर नेपालसँग सहकार्य गरेको हो ।

सम्झौताअनुसार बैंकले विन्ड पावर नेपालबाट हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणाली खरिद गर्न इच्छुक व्यक्ति तथा व्यवसायलाई कर्जा उपलब्ध गराउनेछ । हाइड्रोपोनिक्स भनेको माटोको प्रयोग नगरी बिरुवा उब्जाउने प्रविधि हो ।

जसले पानीमा आधारित पोषक तत्व प्रयोग गरी तीनदेखि १० गुणा बढी उत्पादन गर्न सक्छ । उत्पादनचक्र छिटो र उत्पादित वस्तुको पोषण तत्व परम्परागत उत्पादन प्रणालीको तुलनामा उच्च रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?