काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्र फरक–फरक धारणा रहेकाले स्थानीय तह निर्वाचनमा गठबन्धन प्रभावकारी हुन नसकेको बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै केन्द्रीय सदस्य पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धनको सम्बन्धमा पार्टीभित्रै फरक–फरक धारणा रहेकाले गठबन्धन प्रभावकारी हुन नसकेको बताउनुभएको हो ।
उहाँले पार्टी भित्रकै सम्पूर्ण शक्ति पार्टीलाई जिताउनका लागि नलागेको पनि बताउनुभयो । उहाँले गठबन्धनको कारणले कांग्रेसको परिणामलाई घटाएको र घाटा भएको निष्कर्ष पार्टीको नरहेको स्पष्ट पार्नुभयो ।
केन्द्रीय सदस्य पौडेलले महानगरपालिका र उपमहानगरपालिकाको हकमा केन्द्रीय तहबाटै गठबन्धन गर्ने निर्णय गर्नुले परिणाम दिन नसकेको बताउनुभयो । उहाँले स्थानीय परिस्थितिजन्य गठबन्धन नभएका कारण महानगर र उपमहानगरपालिकामा अपेक्षाकृत नतिजा आउन नसकेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा गठबन्धन गर्दा साझा एजेण्डा र स्थानीय परिस्थितिलाई आधारित बनाएर गरिनुपर्ने बताउनुभयो ।
कांग्रेसले गठन गरेको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्र्तगतको अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजक समेत रहनुभएका नेता पौडेलले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठुलो दलको रुपमा स्थापित भएको बताउनुभयो । उहाँले वडा अध्यक्षले प्राप्त गरेको मतको आधारमा कांग्रेस सबैभन्दा ठुलो दल भएको बताउनुभयो ।
सो उपसमितिले स्थानीय तह निर्वाचनको अध्ययन र विश्लेषण गरेर पार्टीलाई प्रतिवेदन बुझाएको उहाँले जानकारी दिनुभयो । उहाँले नेपाली कांग्रेसले १४१ स्थानमा नगरप्रमुख, १८८ स्थानमा गाउँपालिका अध्यक्ष, ११० स्थानमा नगर उपप्रमुख र १९० स्थानमा गाउँपालिका उपाध्यक्ष जितेको जानकारी दिनुभयो । त्यसैगरी, २ हजार ६६५ वडाध्यक्ष, २ हजार ६०६ महिला सदस्य, २ हजार ५५१ दलित महिला सदस्य र ५ हजार ३०७ खुला सदस्य जितेको पनि उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच