लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

Read Time = 4 mins

-चन्द्रकान्त खनाल
रुपन्देही । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम आज प्रदेश सभाको बहुमत संख्याले पारित गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनद्वारा गत जेष्ठ २५ गते प्रस्तुत नीति तथा कार्यक्रम पारित भएको हो ।

सभाुमख पुर्ण बहादुर घर्तीमगरले निर्णयार्थ प्रस्तुत गरेपछि प्रदेश सभाकाको बहुमत संख्याले पारित गरेपछि अब नीति तथा कार्यक्रम पारित भएको हो ।

सभामा सम्वोधनको क्रममा मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेश सरकारको ‘समृद्धि प्रदेश आत्मनिर्भर लुम्बिनी’ को नारालाई यस वर्षको बजेटबाट सम्वोधन गरिने गरी नीति तथा कार्यक्रम लिइएको बताउँदै लुम्बिनीको प्रदेशका माननीयहरुलाई लुम्बिनीको विकासका लागि एकताबद्ध भएर लाग्न अनुरोध गर्नुभयो ।

लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेश सरकारले समृद्धि प्रदेश, आत्मनिर्भर लुम्बिनी भन्ने मूल नारालाई व्याबारिक रुपमा कार्यन्वयन गर्नका लागि नै लागेको बताउँदै अझै आगामी वर्षको बजेटमा परिमार्जित र परिकृष्ट बनाउनको लागि सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री केसीले संवोधनको क्रममा राजनीतिक मतभेद र राजनीतिक विचार दृष्टिकोण फरक फरक भए पनि लुम्बिनीको विकासकामा एक हुनका लागि सबै माननीयहरुलाई अपिल गर्नुभयो ।

उहाँले भन्नुभयो, 'हाम्रो राजनीतिक विचार दर्शन फरक फरक होला र छ पनि तर लुम्बिनीको विकासका लागि एक हुनु पर्दछ । हाम्रो सबैको दायित्व र जिम्मेवार बरावरी छ । हामी समेचतापूर्वक रुपमा लागौँ र लुम्बिनीलाई समृद्ध बनाऔँ । लाग्नका लागि अनुरोध गर्नुभयो ।'

उहाँले प्रदेशको गौरवको आयोजना, प्रदेश सरकारले शिक्षा, स्वास्थ्य कृषिको क्षेत्रमा लगानी गर्ने बताउँदै त्यसका लागि प्रदेश सकरकार जिम्मेवार भएको बताउनुभयो ।

उहाँले लुम्बिनी अस्पता, लुम्बनी विश्व विद्यालय, प्रदेशको राजधानी र केही गौरवको आयोजना र आम जनताको जीवन स्तर माथी उठाउनको लागि समेत आगामी वर्षको बजेटमा लिनका लागि तयारी भइरहेको बताउनु भयाे ।

उहाँले केही समय लुम्बिनी प्रदेशमा आन्तरिक मतभेद भए पनि सो पनि विकास र राजनीतिकलाई स्थापित गर्नका लागि भएको भन्दै आगामी दिनमा समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनी बनाउनको लागि लाग्न प्रदेश सभा सदस्यहरुलाई अपिल समेत गर्नु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?