-रामचन्द्र रायमाझी
पाल्पा । पाल्पाको रानीमहलस्थित कालीगण्डकी नदीमा डुंगा पल्टिँदा बेपत्ता भएका सात जनाकै जीवितै उद्दार गरिएको छ ।
विहीबार रानीमहल घुम्न पुगेका पर्यटकहरु र्याफ्टिङ गर्ने क्रममा डुंगा पल्टिँदा बेपत्ता भएका थिए । उनीहरुको खोजी गर्ने क्रममा जीवितै उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो ।
डुंगामा सात जना सवार रहे पनि एक जनाको चालकले तत्कालै उद्धार गरेका थिए भने अन्य ६ जनालाई भने स्थानीय प्रहरीले एक घण्टापछि फेला पारेको हो ।
उनीहरूले लाइफ ज्याकेट लगाएका कारण ठूलो दुर्घटना हुन नपाएको प्रजिअ पन्तले बताउनुभयो । पन्तका अनुसार बेपत्ता भएकाहरु डुंगा पल्टिएको स्थानदेखि एक किलोमिटर तल फेला परेका हुन् ।
र्याफ्टिङ गर्नेहरू सबै भारतीय पर्यटक रहेका छन् । बेपत्ताको खोजीका लागि नेपाली सेना र सशस्त्र प्रहरीलाई परिचालन गरिएको थियो । रानीमहल क्षेत्रमा रानीमहल तेजकुमारी बिच क्याम्पबाट डुंगा सञ्चालन भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच