पहिरोले दुई सडक अवरुद्ध

हिमालय टाइम्स
Read Time = 2 mins

-डम्मर बुढा मगर

बागलुङ । निरन्तरको वर्षातका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको गलकोटदेखि बुर्तिबाङ खण्ड र बागलुङदेखि म्याग्दी जाने सडक पहिराले पूर्ण रुपमा अवरुद्ध बनाएको छ ।

लोकमार्गअन्तर्गत गलकोट नगरपालिका–७ आँगाखेतमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

तुरतुरेमा वर्षेनी पहिरो खस्ने गरेको छ । वर्षातले गलकोट नगरपालिका–१ दुदिलाभाटी र २ नरेठाँटी क्षेत्रमा समेत सडक क्षतविक्षत बनाएको छ । यस्तै बागलुङदेखि म्याग्दी जिल्ला जोड्ने मुख्य सडकसमेत पहिरेले अवरुद्ध बनाएको छ ।

बागलुङ नगरपालिका– ४ र म्याग्दी जिल्लाको बेनी नगरपालिका– १ को सिमाना स्थित डम्मरेखोला नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको छ । निरन्तर पानी परिरहेकाले सडक खुलाउन समस्या भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?