अवैध सुन कारोबारको कसुरमा मुद्दा दायर

Read Time = 3 mins

काठमाडौं । राजस्व अनसुन्धान विभागले राजस्व छलीको अभियोगमा विभिन्न व्यक्तिविरुद्ध उच्च अदालत कास्कीमा मुद्दा दायर गरेको छ । पोखरा महानगरपालिका-१५ रामबजार वस्ने २५ वर्षीय रमेश सुनार, सिद्धार्थ नगर नगरपालिका-८ स्थायी ठेगाना भई टोखा नगरपालिका-६ बस्ने गणेश ज्वेलर्सका सञ्चालक सुनिता विकले समेत सुनको अवैध कारोबार गरी राजस्व छली गरेको विभागले जनाएको छ ।

२०७८ माघ १५ गते पोखरा महानगरपालिका-३० स्थित पावरहाउस चोकबाट जिल्ला प्रहरी कार्यालय कास्कीले काँचो सुन १००७.७० ग्रामसहित पोखरा महानगरपालिका-१५ रामबजार बस्ने रमेश सुनारलाई पक्राउ गरी विभागमा बुझाएकोमा उक्त सुन टोखा नगरपालिका धापासीस्थित गणेश ज्वेलर्सका सञ्चालक सुनिता विकसमेतले अवैध ओसारपसार गरी राजस्व चुहावट गरेको विभागको भनाइ छ ।

बरामद सुनजस्तो पहेँलो धातु परीक्षण गर्दा उक्त धातु सुन रहेको र तौल गर्दा १००७.७० ग्राम रहेको तथा शुद्धता ९९९.९ सुन भएको नदेखिएको बताइएको छ । चोरीपैठारी भएको सुनलाई गालेर अवैध ओसारपसार गरेको, बैंक तथा दर्ता रहेको फर्मबाट सुन खरिद नगरी अन्यत्रैबाट सुन चोरीपैठारी गरी वैधानिकरूपमा काँचो सुन खरिद गरेको प्रमाण पेश गर्न नसकेकाले सुनिता विक र रमेश सुनारले आपसी मिलेमतोमा सुनको चोरीपैठारी र ओसारपसार गरी प्रचलित कानुनबमोजिम तिर्नुपर्ने वा बुझाउनुपर्ने राजस्व नबुझाएर राजस्व छली गरेको पाइएको विभागले जनाएको छ ।

बरामद सुनको परिमाण १००७.७० ग्रामको जम्मा मूल्य ८० लाख एक सय ३० रुपैयाँ ३० पैसा विगो कायम गरी बरामद सुन जफतको मागदाबीसहित मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?