काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरज प्रताप सिंहलाई बढुवा गर्ने सरकारकाे निर्णयविरुद्धको रिट सुनुवाइ आइतबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।
आज पनि हेर्दाहेर्दैमा राखिएको उक्त मुद्धाको पेशी पुन असार २६ गतेका लागि तोकिएको छ । पटक–पटक हेर्दाहेर्दैमा राखिएको सुनुवाइ असार १३ गते पनि हेर्दाहेर्दैमा राखिएको थियो । सुनुवाइको पेशी कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा परेको थियो । कामु प्रधानन्यायाधीशले आइतबार ५ बजेसम्म बहस सक्न अधिवक्तालाई समय दिनुभएको थियो । तर, आइजी धिरज प्रताव सिंह पक्षका वकिलहरुको बहस पनि सकिएन ।
उक्त मुद्दामा बैशाख २२ गते अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको थियो । दुई दिन भएको बहसपछि न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जेठ १७ गतेदेखि पूर्ण सुनुवाइमा लैजाने आदेश दिएको थियो । तर, सुनुवाइ नभई स्थगित भयो । जेठ ३० गते कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेशी चढेको थियो ।
सर्वोच्च अदालतमा एआइजी विश्वराज पोखरेलले रिट निवेदन दिनुभएको थियो । एआइजी विश्वराज पोखरेलले सिंहलाई नियुक्तिको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा हाल्नुभएको हो । मन्त्रिपरिषद् बैठकले एआइजी सिंहलाई बढुवा गर्ने निर्णय गरेसँगै यो विषय विवादमा तानिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच