जनार्दन शर्मासँग छानबिन समितिले लियो बयान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संसदीय छानबिन विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको बयान लिएर सकिएको छ ।

समितिले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका बेला अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्तिको प्रवेश र त्यस समयको सीसीटीभी फुटेज हराएको विषयमा शर्मासँग सोधपुछ गरेको हो ।

बयानको क्रममा शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिहरुको संलग्नता नभएको बताउनुभएको छ ।

बयानपछि संक्षिप्त प्रतिक्रिया दिंदै शर्माले भन्नुभयो, ‘मैले उहाँहरुले सोधेका प्रश्नको जवाफ दिएको छु, बाँकी सबैकुरा उहाँहरुले भन्नुहुन्छ ।’शर्माले पत्रकारहरुले सोधेका अन्य प्रश्नको जवाफ नदिई बाहिरिनुभयो ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी भइ कुनै निश्चित समूहलाई फाइदा पुग्नेगरि करका दर हेरफेर गरेको आरोप लागेपछि छानबिनका लागि ११ सदस्यीय संसदीय समिति बनेको थियो। समिति बनेसँगै शर्माले असार २२ गते अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?