निर्वाचनको मिति घोषणा भएपछि संसद स्वतः भंग हुन्छ : भीमार्जुन आचार्य

Read Time = 1 min

काठमाडौं । संविधानवीद् भीमार्जुन आचार्यले सरकारले निर्वाचनको मिति घोषणा गरेपछि अहिलेको संसद स्वतः भंग हुने बताउनु भएको छ ।

आचार्यले आज सामाजिक सञ्जाल ट्वीटर मार्फत निर्वाचनको मिति घोषणा गरेपछि संसद विघटन गरिराख्नु नपर्ने समेत जनाउनु भयो ।

‘प्रतिनिधि सभाको कार्यकाल ५ बर्षको हो । कार्यकाल सकिनुअघि अर्थात मंसिर १० गते भित्र निर्वाचन सम्पन्न भइसक्नु पर्छ,’ संविधानवीद् आचार्यले भन्नुभएको छ, ‘निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग हुन्छ । फेरि विघटन गरिराख्नु पर्देन ।’

संसद नै नरहेपछि सांसद समेत नरहने उहाँले बताउनु भएकाे छ ।

‘स्थापित मान्यताको कदर गरौ,अति नगरौं,’ उहाँले लेख्नु भएकाे छ ।

https://twitter.com/BhimarjunPhD/status/1554421743007440898

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?