झापा । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङलाई गृहनगरमा झापाका विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । नेम्वाङको गृहनगर धुलाबारीमा झापा जिल्ला फुटबल संघद्वारा आयोजित कार्यक्रमका बीच उहाँलाई सम्मान गरिएको हो । असार ६ गते भएको एन्फा निर्वाचनबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
कार्यक्रममा नेम्वाङलाई फुटबल गतिविधि सुरु गरेको स्थानीय रोलिङ क्लब, दमकको ध्रुवतारा स्पोर्टिङ क्लब, सतासीधाम स्पोर्टिङ क्लब, काँकडभित्ता फुटबल टे«निङ सेन्टर, बिर्तामोड भेट्रान्स फुटबल क्लबले सम्मानपत्र प्रदान गरेका थिए । त्यस्तै, मोफसलको चर्चित झापा गोल्ड कप, झापा टुडे डटकम, मुनाल क्लब, झापा जिल्ला फुटबल रेफ्री संघ, प्रशिक्षक संघलगायतले नेम्वाङलाई सम्मान गरेका थिए ।
झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आलेको अध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रममा एन्फा अध्यक्ष नेम्वाङले झापाली फुटबल अभियन्ताहरूलाई एकजुट भएर अघि बढ्न आग्रह गर्नुभयो । ‘तपाईंहरूबीच एकता भएको खण्डमा नेपाली फुटबलले नै ठूलो फड्को मार्नेछ’, नेम्वाङले भन्नुभयो, ‘फुटबलको उर्वर भूमि हो झापा, त्यस्तै तपाईंहरू मिलेर काम गर्नुपर्छ ।’
कार्यक्रममा संघका पूर्वअध्यक्षद्वय जलकुमार गुरुङ र महेन्द्र सुब्बा, झापा गोल्ड कपका महासचिव गजेन्द्रबहादुर पौडेल, क्लबहरूका तर्फबाट फुर्वा तामाङले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच