पश्चिमाका ‘गोर्बी’ मिखाइलको पुटिलसँग थियो जटिल सम्बन्ध

हिमालय टाइम्स
Read Time = 2 mins

मस्को । मंगलबार निधन भएका सोभियत नेता मिखाइल गोर्भाचोभसँग रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको जटिल सम्बन्ध थियो । तथापि, गोर्भाचोभको निधनप्रति पुटिनले गहिरो दुःख प्रकट गरेका छन् । कमजोर स्वास्थ्य अवस्थाका कारण जीवनको उत्तरार्द्ध गोर्भाचोले अस्पतालमा नै बिताएका थिए । कोभिडविरुद्ध पूर्वसावधानी स्वरुप उनी स्वक्वारेन्टिनमा थिए ।

गोर्बाचेभ पश्चिमा देशमा गोर्बी भनेर चिनिन्छ । सन् १९८० को दशकमा अमेरिका-सोभियत आणविक तनावलाई कम गर्नका साथै पूर्वी यूरोपलाई फलामको पर्दा पछाडिबाट बाहिर ल्याउने व्यक्तिका रूपमा उनी परिचित छन् । अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनसँग एतिहासिक आणविक हतियार सम्झौता वार्ताका लागि उनले नोबेल शान्ति पुरस्कार पाएका थिए ।

बर्लिनको पर्खाल ढल्दा सोभियत सेनालाई रोक्ने उनको निर्णयलाई शितयुद्धको शान्ति जोगाउने एउटा चाबीको रुपमा हेरिएको थियो । पारदर्शीताका प्रप्तिका लागि र सोभियत सम्राज्यको विघटनलाई तीब्र पार्ने सार्वजनिक छलफल गर्न उनलाई पश्चिमाहरुले अभियन्ताको रुपमा व्याख्या गरेका थिए । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?