नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली केन्या भ्रमण सकेर आज स्वदेश फर्कदै छ । टोली अहिले बिहान आईपुग्ने बताइएको छ ।

केन्याको समय अनुसार मंगलबार दिउँसो केन्याबाट हिडेको नेपाली टोली बिहान ९ः२० मा नेपाल आईपुग्दैछ ।

नेपालले घरेलु टोलीविरुद्धको ५ खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३-२ ले जितेको थियो । तीन खेलको एकदिवसीय सिरिज ३-० ले क्लिन स्विप गरेको थियो ।

नेपाल आएपछि सबै खेलाडी नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट खेलका लागि आ-आफ्नो टोलीसँग जोडिने छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?