भन्सार दर हेरफेर

Read Time = 2 mins

काठमाडौं । निजी क्षेत्रको चौतर्फी दबाबपछि सरकारले विभिन्न मालवस्तुको आयातमा भन्सार महसुलदर हेरफेर गरेको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न मालवस्तुको आयातमा लाग्ने करको दरमा हेरफेर गरेको हो । कच्चा भटमासको तेल, पाम तेल, सूर्यमुखी तेल आयातमा भन्सार महसुलमा ९० प्रतिशत छुट प्रदान गरेको छ । नयाँ व्यवस्थाअनुसार उद्योगले सूर्यमुखीको तेल उत्पादन गर्न आयात गर्ने सूर्यमुखीको गेडा आयात गर्दा महसुलमा यसअघि दिइएको ५० प्रतिशत छुटको सट्टा अब ९० प्रतिशत बराबरको छुट पाउनेछन् ।

त्यसैगरी भटमासबाट तेल तथा पिना उत्पादन गर्ने उद्योगले पनि ५० प्रतिशत छुटको सट्टा ९० प्रतिशत छुट पाउनेछन् भने तोरी, रायो, क्यानोलाको गेडा, सस्र्यंूको गेडा आयातमा पनि महसुलमा ९० प्रतिशत छुट हुनेछ । अप्टिकल फाइबर केवल उत्पादन गर्ने उद्योगले कच्चा पदार्थका रूपमा आयात गर्ने स्प्रिङ स्टिल वायरमा भन्सार महसुल १५ प्रतिशत लाग्नेछ भने सहकारी संस्थाले करछुट हुने कारोबारबाहेकका कारोबार गरेमा साबिकको नगरपालिका क्षेत्रभित्र सात प्रतिशत र महानगरपालिका क्षेत्रभित्र १५ प्रतिशत आयकर लाग्नेछ ।

नगरपालिका क्षेत्रभित्र सञ्चालित सहकारीले पाँच प्रतिशत, उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालितले सात प्रतिशत र महानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकामा १० प्रतिशत बराबर हुनेछ । वायर तथा फलामे डण्डीको महसुल पनि पाँच प्रतिशतमात्रै कायम गरिएको छ भने स्यानिटरी प्याडको कच्चा पदार्थ आयातमा अन्तशुल्क नलाग्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?