दशैंलक्षित डिजी पे स्टक क्लियरेन्स मेला सुरु

Read Time = 1 min

काठमाडौं । दशैंका लागि एकै छानामुनि किनमेल गर्न सक्ने गरी काठमाडांैको भृकुटीमण्डपमा डिजी पे स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ सुरु भएको छ । सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनि उपलब्ध गराउने उद्देश्यसाथ इभेण्ट सोलुसन प्रालिले मेला आयोजना गरेको हो । मेलामा दैनिक उपभोग्य सामान सस्तोमा उपलब्ध हुने इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताउनुभयो ।

प्रधानका अनुसार मेलामा कपडा, जुत्ता, हस्तकला, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेजलगायतका स्टल रहेका छन् । नेपाल, भारत, चीन, बंगलादेश, पाकिस्तान, मलेसिया, जापान तथा अन्य युरोपेली मुलुकमा उत्पादित सामानको बृहत् मेलालाई डिसहोम फाइबर नेटले प्रवद्र्धन गरेको छ । मेलामा सामान खरिद गर्ने ग्राहकले डिजी पेमार्फत् भुक्तानी गर्दा ५० प्रतिशतसम्म दशैं विशेष छुट पाउने भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?