डेंगु संक्रमणको कारण मृत्युहुनेको संख्या ४१ पुग्यो, संक्रमित ३१ हजारमाथि

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । डेंगु संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मंगलबारसम्म डेंगुका कारण ४१ जनाको ज्यान गएको छ ।

डेंगुका संक्रमितको संख्या भने ३१ हजार नाघेको छ । पानी परिरहेकाले डेंगु अझै फैलिन सक्ने जोखिम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

सात प्रदेशअन्तर्गतका ७६ जिल्लामा डेंगु फैलिएको छ। ३१ हजार १ सय ३ जना डेंगु संक्रमित भएका छन्। सबैभन्दा बढी डेंगु संक्रमित काठमाडौँ उपत्यकामा छन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?