-विजय रावत
जुम्ला । जुम्लामा प्रदेश सभाका चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा नेपाली कांग्रेसबाट प्रदेश क्षेत्र (२) मा स्वतन्त्र उम्मेदवारी दिनुभएका दिपबहादुर शाही र एकीकृत समाजवादीका नन्दराम रोकायाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अंगद देवकोटा र राप्रपा नेपालका भक्तिप्रसाद धितालले उम्मेदवारी फिर्ता लिनुभएको छ । जुम्लाबाट प्रतिनिधिसभामा पाँच जनाले मनोनयन दर्ता गर्नुभएको थियो ।
राप्रपाबाट ज्ञानबहादुर शाही, नेकपा एमालेका रतननाथ योगी, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गोमा कुँवर गौतम, नेमकिपाबाट डिल्लीप्रसाद काफ्ले र गठबन्धन भित्रको दल माओवादी केन्द्रबाट कलबहादुर रोकायाले उम्मेदवारी दिनुभएको थियो ।
प्रतिनिधिसभामा कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन् । यसैगरी प्रदेश क्षेत्र (१) मा गठबन्धन दलबाट कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही, एमालेका धिरेन्द्रराज गिरी, नेमकिपाका राजेश्वर देवकोटा र स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीको उम्मेदवारी कायमै छ ।
कांग्रेस प्रदेश सभापति शाहीविरुद्ध देवेन्द्रबहादुर शाहीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । स्वतन्त्र उम्मेदवार शाही प्रतिनिधिसभा निर्वाचन २०७४ का कांग्रेसका बलिया उम्मेदवार हुनुहुन्थ्यो ।
प्रदेश क्षेत्र (२) मा गठबन्धन दलबाट एकीकृत समाजवादीका पदमबहादुर रोकाया, एमालेका टेकराज पछाई, राप्रपाका देवप्रसाद न्यौपाने र नेमकिपाका बिर्खबहादुर रावलले उम्मेदवारी दिनुभएको हो ।
उम्मेदवारी फिर्ता लिनेक्रम सकिएकोले उम्मेदारलाई चुनाव चिह्न प्रदान गर्ने कार्य सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच