अपिलबारे जनमोर्चा अनभिज्ञ: के सत्ता गठबन्धनबाट जनमोर्चा बाहिरिएको हो ?

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सत्ता गठबन्धनले आज जारी गरेको संयुक्त अपीलमा राष्ट्रिय जनममोर्चाको भने हस्ताक्षर छैन ।

देशमा स्थिरता, विकास समृद्धिका गठबन्धनमा आवद्ध दलहरूलाई मतदान गर्न गठबन्धनले जारी गरेको विज्ञप्तीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको मात्रै हस्ताक्षर छ ।

हस्ताक्षर नभएको विषयमा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने आफू बाग्लुङमा भएको र किन हस्ताक्षर भएन भन्ने थाहा नभएको बताउनु भयो । उहाँले आफू चुनावी अभियानमा रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?