यस्तो छ तपाईंको कात्तिक ६ गते आइतबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल कार्तिक ६ गते आइतबार, ई.सं.- २२ अक्टोबर, २०२२ । तिथि- कार्तिक कृष्णपक्ष त्रयोदशी, नक्षत्र- उत्तरफाल्गुनी, योग- ऐन्द्र, करण- वणिज, चन्द्रराशि- कन्या, सूर्योदयः ६ः०९, सूर्यास्तः १७ः२६ ।

मेष : मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ ।

वृष : शरीरमा स्फूर्ति र उमंग कमी हुनेछ ।

मिथुन : नियमित खर्चसमेत बढ्ने योग छ ।

कर्कट : विगतको श्रमबाट राम्रै लाभ हुनेछ ।

सिंह : सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

कन्या : मित्रताको बन्धन कसिए पनि दाम्पत्य जीवनमा खटपट देखिनेछ ।

तुला : सवारीसाधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ ।

वृश्चिक : गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।

धनु : महत्वपूर्ण कार्यमा परिवारजनबाट असहयोग हुनेछ ।

मकर : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

कुम्भ : राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ ।

मीन : पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?