जाडोमा छालालाई कसरी जोगाउने ?

तस्बिर : सामाजिक संजाल

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । जाडो महिना शुरु भएको छ । जाडो शुरु भएसँगै छालामा विभिन्न समस्या देखिन सक्छन् । वातावरणमा मोइस्चर कम हुने र हावा सुख्खा हुने भएकाले छालामा विभिन्न समस्या देखिने चिकित्सकहरू बताउँछन् ।

जाडोमा चिसोले ओठ फुट्ने, नाक रातो हुने, कपालमा चाया पर्ने, आँखी भौँमा कत्ला आउनेलगायत समस्या देखा पर्दछ । यसका साथै छाला सुख्खा हुने, हातखुट्टामा कत्ला पर्ने, चिलाउनेलगायत समस्या आउन देखिन सक्छन् । जाडोयाममा सबैभन्दा बढी ओठ फुट्ने समस्याले दुःख दिने गर्दछ ।

सुन्दर र आकर्षक देखिन सबैभन्दा पहिलो र महत्वपूर्ण भूमिका छालाको हुन्छ । यसकालागि छालालाई सुरक्षित र हेरचाह गर्दा मुख्य ध्यान दिन जुरुरी छ । छालालाई कसरी सुरक्षित राख्ने भन्ने बिषयमा भने अधिकांस अनविज्ञनै रहेको पाईछ । हामीले जाडो याममा छालालाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बारे केही टिप्सहरु प्रस्तुत गरेका छौं ।

– धेरै तातो वा चिसो पानीले छालालाई असर गर्छ त्यसैले नुहाउन वा मुख धुन मनतातो पानीको प्रयोग गर्ने ।

– नुहाउँदा ५ देखि १० मिनेटसम्म नुहाउने अनि मोस्चराइजर क्रिमको प्रयोग गर्ने ।

– साबुनले छालालाई सुख्खा बनाउँछ त्यसैले मोस्चराइज हुने साबुन मात्र प्रयोग गर्ने ।

– छालालाई मुलायम राख्न भिटामिन ‘ई’ भएको क्रिम वा लोसनको नियमित प्रयोग गर्ने ।

– इलेक्ट्रिक हिटरको तापले छालालाई सुख्खा बनाउँछ त्यसैले धेरै समय हिटरको छेउमा नबस्ने ।

– घाममा धेरैबेर बस्दा घामको अत्यधिक रेडिएसनले छालाको क्यान्सर हुन सक्छ ।

– घाममा निस्किँदा सनस्क्रिनको प्रयोग गरेर मात्र निस्कने गर्नु पर्दछ ।

– बाक्लो, न्यानो र सफा कपडा मात्र लगाउने ।

– हातखुट्टामा बाक्लो पञ्जा र मोजाको प्रयोग गर्ने ।

– राति सुत्नु अघि सधैँ फेसवासले मुख धुने ।

– छालामा अन्य समस्या देखा परे तुरुन्त चिकित्सकको सल्लाह लिने ।

ओठ फुट्नबाट यसरी जोगिनुहोस्

लिपगार्ड दल्नुस् : समय मिलाएर लिपगार्ड ओठमा दल्नुहोस् । भिडामिन ई र मौरको चाकायुक्त लिपगार्ड अझ उत्तम हुन्छ ।

स्क्रब गर्नुस् : फुटेको ओठमा मृत छालाका पत्र हुन्छन्, जसले तपाईंलाई अस्वस्थ र अनाकर्षक देखाउन सक्छ। यसका लागि स्क्रब प्रयोग गरेर यस्ता मृत छाला हटाउनुपर्छ। चिनीमा चिल्लो तरल पदार्थ हाली स्क्रब बनाएर ओठमा रगड्ने गर्यो भने मृत छाला हट्छ र ओठ सुन्दर बन्छ। यसका लागि दाँत माझ्ने ब्रसले बिस्तारै ओठ सफा गर्न पनि सकिन्छ। यसरी सफा गरेपछि लिपबाम प्रयोग गर्न बिर्सनु हुँदैन।

नकोट्याउनुस् : ओठमा जमेका मृत छाला औँला अथवा नङले कोट्याएर निकाल्ने गर्नु हुँदैन। नत्र घाउ लाग्न सक्छ। बाममाथि लिपस्टिक लगाउनुस् । जाडो मौसमा लिपस्टिक लगाउनुअघि ओठमा लिपबाम लगाई सुक्न दिनुपर्छ र त्यसमाथि लिपस्टिक लगाउनुपर्छ। यसले ओठमा अतिरिक्त म्वइस्चराइजर उपलब्ध गराउँछ।

 ओठ नचाट्नुस् : जाडोमा ओठ सुखा हुने भएकाले ओठ फुट्ने गर्छ। ओठको सुखापन हटाउन ओठमा जिब्रो घुमाउने धेरैको बानी हुन्छ। यस्तो गर्नु हुँदैन। यस्तो गर्नाले ओठ अझ बढी सुखा हुन्छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?