जीवन बीमक संघमा नयाँ नेतृत्व

Read Time = 1 min

काठमाडौं । जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)को संगठन जीवन बीमक संघको अध्यक्षमा पोषकराज पौडेल निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न संघको तेस्रो वार्षिक साधारणसभाले पौडेलको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । पौडेल सिटिजन लाइफ इन्स्योरेन्सका सिइओ साथै संघको निवर्तमान उपाध्यक्ष हुनुुहुन्छ ।

उपाध्यक्षमा प्रवीणरमण पराजुली नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सिइओ र संघको निवर्तमान कोषाध्यक्ष हुनुहुन्छ भने महासचिवमा ज्योति लाइफ इन्स्योरेन्सका सिइओ प्रकाश विक्रम खत्री निवर्तमान अघिल्लो कार्यकालका सदस्य हुनुहुन्छ ।

एशियन लाइफका सिइओ दिनेशलाल श्रेष्ठ कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ । सदस्यमा रिलायबल नेपाल लाइफका नारायणबाबु लोहनी, आइएमई लाइफका कवि फुँयाल र एलआइसी नेपालका एलपी दास रहनुभएको संघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?