काठमाडौं । निकलास फुलक्रुगको गोलमा जर्मनी फिफा विश्वकप २०२२ मा लगातार दोस्रो हारबाट जोगिएको छ । आइतबार राति अल बायत मैदानमा १–० हार नजिक रहेको जर्मनीलाई निकलासले संकट टारेका हुन् । स्पेन र जर्मनीले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
बरारबरीसँगै समूह ‘इ’ बाट जर्मनीले अन्तिम १६ को सम्भावना कायम राखेको छ । यस समूहमा जर्मनीको दुई खेलबाट सर्वाधिक ४ अंक छ । जापान र कोस्टारिकाको तीन अंक रहँदा जर्मनीले एक अंक जोडेको हो । समूहमा चारै टोलीको प्रिक्वाटरफाइनल सम्भावना कायम छ ।
यसअघि पहिलो हाफमा कुनै गोल हुन सकेन । खेलको ६२औं मिनेटमा वैकल्पिक खेलाडी अल्भारो मोरटाले स्पेनलाई अग्रता दिलाएका थिए । अब, अन्तिम खेलमा स्पेन र जापान तथा जर्मनी र कोस्टारिका खेल्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच