राखेपद्वारा तेक्वान्दोसहित तीन खेल संघ भंग

हिमालय टाइम्स
Read Time = 3 mins

कठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तेक्वान्दोसहित तीनवटा संघ भंग गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐनअनुसार राखेपले तेक्वान्दोसहित उसु र बडिबिल्डिङ संघ भंग गरेको हो । लामो समयदेखि दुईवटा तेक्वान्दो संघ थिए । राखेप सदस्य-सचिव टंकलाल घिसिङले दुईवटैलाई विघटन गर्दै तदर्थ समिति बनाउनुभएको छ । प्रदीप जोशीको संयोजकत्वमा तदर्थ कमिटी बनाइएको हो । यस्तै, विवादित अर्को नेपाल उसु महासंघको विघटन गर्दै राखेपले जनक बर्तौलाको नेतृत्वमा तदर्थ कमिटी गठन गरेको छ ।

त्यसबाहेक दुईवटा संघ रहेको बडिबिल्डिङ संघमा भने सहमतिका आधारमा राजुबाबु श्रेष्ठको संयोजकत्वमा तदर्थ कमिटी गठन गरिएको हो । नयाँ बनेका तदर्थ कमिटीलाई तीन महिनामित्र निर्वाचन गर्न निर्देशन दिइएको सदस्य-सचिव घिसिङले बताउनुभयो ।

राष्ट्रिय खेलकुद विकास ऐनले एक खेलका लागि एउटामात्र खेल संघ हुनुपर्ने व्यवस्था गरेको छ । ऐनको धारा २६ को दफा ५ को उपदफा (४) मा परिषद्बाट दर्ता गर्दा एक खेलका लागि एकभन्दा बढी तथा एकै उद्देश्य वा समान नाम भएका एकभन्दा बढी संघ वा महासंघलाई दर्ता गरिने छैन भन्ने उल्लेख छ ।

ऐनको दफा ६ को उपदफा ५ मा ऐन प्रारम्भ हुदाँको बखत एउटै खेलका लागि एकभन्दा बढी खेल संघ वा महासंघ गठन भएका रहेछन् भने ऐन लागू भएको मितिले तीन महिनाभित्र एउटै खेल संघ वा महासंघ गठन गरी दर्ताका लागि परिषद्ले सूचना निकाल्ने उल्लेख छ । सोही नियमअनुसार राखेपले तीनवटै संघलाई पुनर्गठन गरेको हो ।

राखेपको ११३औँ बोर्ड बैठकले संघको विवाद समाधानका लागि उपाध्यक्ष शिव कोइरालाको नेतृत्वमा समिति गठन गरेको थियो । समितिले एकै प्रकृतिका दुईभन्दा बढी संघलाई छलफलमा बोलाएर विवाद समाधानका लागि प्रयास गरेको थियो । तर, त्यसमा सहमति नभएपछि तदर्थ समिति गठन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?