विराटनगरका उद्योगी व्यवसायी आन्दोलित

Read Time = 2 mins

निर्मल ढुंगाना/हिटा
विराटनगर । सरकार र नेपाल राष्ट्र बैंकले उद्योगी र व्यवसायीको माग सम्बोधन नगरेको भन्दै विराटनगरका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । बैंकको चर्को ब्याजदर र प्रतिकूल आर्थिक नीतिविरूद्ध सडकमा ओर्लिएका उनीहरूले आन्दोलनलाई थप सशक्त बनाउने उद्घोष गरेका छन् ।

बिहीबार बिहान मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ प्रदेश १ र विराट व्यापार संघसहित विभिन्न वस्तुगत संघसंस्थाले संयुक्तरूपमा विरोध जुलुसहित राष्ट्र बैंकको मूल गेटमा धर्ना दिएका छन् । विराटनगर बजार बन्द गर्नेसम्मको कार्यक्रम तय भए पनि व्यापारीले पसल बन्द गरेनन् । केही व्यापारी आन्दोलनमा सहभागी भए पनि अन्य व्यापारीले कारोबार सञ्चालन गरेका थिए ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले भन्नुभयो, ‘हामीले बिहीबार सरकार र राष्ट्र बैंकलाई दबाब दिन बजार बन्द गर्ने निर्णय गरे पनि व्यवसायीलाई दबाब दिएनौँ, यो आन्दोलन उद्योगी र ठूला व्यापारीमात्र होइन, आमसर्वसाधारणको पनि हो, हामीलाई आशा छ, सबै क्षेत्रबाट आन्दोलनमा ऐक्यबद्धता हुन्छ । हाम्रा पाँच सूत्रीय माग सम्बोधन नहुञ्जेलसम्म आन्दोलन रोकिँदैन ।’ बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म राष्ट्र बैंकको धर्नालाई नरोकिने गरी अनिश्चित बनाइएको उहाँले बताउनुभयो ।

परिसंघ प्रदेश १ अध्यक्ष भीम घिमिरेले माग सम्बोधनका लागि सरकारलाई बारम्बार अनुरोध गरे पनि सरकार र राष्ट्र बैंकले नसुनेकाले आन्दोलन जस्तो अलोकप्रिय कदम चाल्न बाध्य भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?