कांग्रेस गण्डकी संसदीय दल चुनाव १५ पुसमा

Read Time = 1 min

पूर्वीनवलपरासी । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा संसदीय दलको निर्वाचन आगामी मंगलबार हुने भएको छ । निर्वाचनका लागि कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा शुक्रबार ५ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।

समितिका अन्य सदस्यमा पार्टीका गण्डकी प्रदेशका सहमहामन्त्रीद्वय रमेश पाण्डे, कोपिला रानाभाट र अधिवक्ताद्वय फणीन्द्र कोइराला र मणि दाहाल हुनुहुन्छ ।

संसदीय दलको चुनाव पुस १२ गते मंगलबार हुने उहाँले बताउनु भयो । गण्डकी प्रदेशसभामा कांग्रेसका २७ जना सदस्य रहेका छन् । १८ जना प्रत्यक्ष निर्वाचित भएका हुन् भने ९ जना समानुपातिक निर्वाचन प्रणालीबाट छानिएका हुन् ।
प्रदेशसभामा संसदीय दलको नेता हुन गोर्खाका सुरेन्द्र पाण्डे, पूर्वी नवलपरासीका महेन्द्रध्वज जिसी र कास्कीका बिन्दुकुमार थापा आकांक्षी देखिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?