बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा बुधवार एक गर्भवती महिलाको जटिल सल्यक्रिया सहजै सफल भएको छ ।
बुढीनन्दा नगरपालिका-७ कि रमिला लोहारको पेटमा रहेको बच्चा उल्टो अबस्थामा रहेपछि पाण्डुसैन स्वास्थ्यचाैकीबाट कोल्टी रेफर गरिएको थियो । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका स्त्री रोग बिशेषज्ञ डाक्टर सोनाम गुरुङको नेतृत्वमा खटिएको स्वास्थ्यकर्मीको टोलिले सफल शल्यक्रिया गरेको छ ।
जटिल केशमा एनआइसियु आवश्यक हुन्छ, तर यहाँ अफ्ठ्यारो परिस्थितिका बावजुत सफल अप्रेसन गरेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका मेडिकल अफिसर डा. चेतबहादुर धामीले बताउनुभयो ।
रमिलाकाको यो भन्दा अगाडि तीन वटा बच्चा खेर गइसकेका थिए । पाठेघरमा समेत समस्या रहेको र ब्लड धेरै बग्ने समस्या भएपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत रेडियोग्राफर कमल रावलले रगत दिएपछि रमिलाको सफल शल्यक्रिया भएको मेडिकल अफिसर धामीले बताउनुभयो ।
स्थानीय सरकार फेरिएसँगै प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा पनि पहिलो पटक बिशेषज्ञ सेवा सञ्चालन गरिएको छ । स्वास्थ्य केन्द्रमा दुई जना बिशेषज्ञ चिकित्सकको व्यबस्थापन सँगै प्राथमिक स्वास्थ्य केन्द्रले नयाँ रोगहरुको समेत उपचार गरिरहेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर १ का वडा अध्यक्ष मानबहादुर कार्कीले बताउनुभयो ।
स्वास्थ्य केन्द्रमा स्त्रीरोग विशेषज्ञ डाक्टर सोनाम गुरुङ र एमडीजिपि डाक्टर रञ्जित शाहले सेवा दिइरहनु भएको छ । नगरपालिकाको पहलमा स्त्रीरोग विशेषज्ञ डाक्टर सोनाम गुरुङलाई कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान र एमडीजिपि डाक्टर रञ्जित शाहलाई स्वास्थ्य मन्त्रालयले पठाएको थियो ।
पहाडी तथा हिमाली जिल्लामा प्राथमिक स्वास्थ्य केन्द्रको हकमा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा बिशेषज्ञ सेवा पहिलो हो । नागरिकलाई सहज उपचार सेवामा जोड्न आकस्मिक प्रसुती सेवा सँगै बिशेषज्ञ सेवा सञ्चालन भएको छ । दुबै जना चिकित्सकलाई नगरपालिका बाट पनि सहयोग गरिएको छ ।
कोल्टी क्षेत्रमा बर्षौदेखि भोग्नु परेको पीडाबाट मुक्त गराउन र सर्वसाधारण नागरिकलाई सहज स्वास्थ्य उपचारका लागि नगरपालिकाको पहलमा बिशषेज्ञ सेवा सञ्चालन गरिएको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनककुमार बोहराले बताउनु भयाे ।
जिल्ला अस्पताल बाजुरामा समेत सेवा नभएको बेला कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट बिशषेज्ञसहितको स्वास्थ्य सेवा सञ्चालन गरिएको हो । सेवा सञ्चालनसँगै बुढीनन्दा नगरपालिकासहित हिमाली, स्वामिकार्तिक खापर र जगन्नाथ गाउँपालिकासहित छिमेकी जिल्ला हुम्ला, मुगु र कालीकोटका जनताले समेत सेवा पाउने गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच